पोखरा पुगेर माघी मनाउने आमा-छोराकाे सपना अधुरै रह्यो

दियो पोस्ट  

काठमाडौं । महेन्द्रनगर घर भएका आमाछोराको आइतबार पोखराको सेती खोँचमा भएको यती एयरको जहाज दुर्घटनामा परी निधन भएको छ । दुर्घटनामा परी सुष्मा पाण्डेय भट्ट र स्लक भट्टको निधन भएको हो ।

सुष्मा महेन्द्रनगरका व्यवसायी सञ्जीवचन्द्र भट्टकी श्रीमती हुन् भने स्लक कान्छा छोरा । उनीहरू आइतबार बिहान घुम्नका लागि पोखरा गएका थिए । उनीहरू घुमघामका साथसाथै माघी मनाउन पोखरा गएका थिए ।

स्लक काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा पढ्थे । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने अन्यको खोजी कार्य जारी छ ।