रास्वपाले पायो उप्रप्रधानसहित ३ मन्त्रालय, को-को बन्लान् मन्त्री ?

दियो पोस्ट  

काठमाडौं । मन्त्रालय भागबण्डाका क्रममा सत्तारुढ दलहरूबीच छलफल हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा तीन मन्त्रालय र प्रतिनिधिसभाको उपसभामुख लागेको छ । सोमबार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा सो पार्टीले गृहसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय प्राप्त गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पार्टीका सभापति रवि लामिछानले काम थालिसकेका छन् । रास्वपाको भागमा एक राज्यमन्त्री प्राप्त लागेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्रीका सल्लाहकारसमेत रहेका रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराका अनुसार रास्वपाले प्रतिनिधिसभाको उपसभामुख पनि पाउने भएको छ ।

सभामुख पद भने एमालेको भागमा परेको छ । रास्वपाले मंगलबार बिहान मन्त्री बन्नेहरूको नामको टुङ्गो लगाउने भएको छ ।