शपथ लिए लगत्तै राप्रपाका मन्त्रीहरु पुगे पशुपतिनाथ

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरु राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन् ।

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन् । पशुपति मन्दिर दर्शनपछि सिंहदरबारमा आ–आफ्ना मन्त्रालयमा पदबहाली गर्ने कार्यक्रम रहेको जनाइएको छ ।