चारजना बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । चार जना बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–३ सिद्राङका ३७ वर्षीय पूर्णकुमार राई रहेका छन्। १३ वर्षीया दुई जना र १५ वर्षीया बालिकालाई विभिन्न समयमा यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई पक्राउ गरेको हो।

पीडीत बालिकाका परिवारका सदस्यले दिएको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।