सभामुख निर्वाचन : उम्मेदवारीका लागि कांग्रेसले प्रधानमन्त्रीको धारणा कुर्ने

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसले सहयोगी दलहरूसँग छलफल गरेर प्रतिनिधिसभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सभामुखका लागि उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यसबीचमा अन्य दलहरूसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा स्रातले बताएको छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरू चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा कांग्रेस रहेको पनि बताए ।