माओवादी नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माका अनुसार पुनको कलेजोले ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ, त्यसैले कलेजो प्रत्यारोपण नै गर्नुपर्छ ।

अस्पतालमा पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेता पुगिसकेका छन् । अस्पतालले कलेजो प्रत्यारोपणका विषयमा पुनको परिवारका सदस्य र माओवादी केन्द्रको शीर्ष नेतृत्वसँग छलफल गरिसकेको छ । प्रत्यारोपण कहाँ गर्ने भन्ने बिषयमा छलफल भइरहेको डा. शर्मा जानकारी दिए ।