काठमाडौं । ओखलढुंगाको सुनकोशी गाउँपालिका–२ स्थित टाँकिटारमा साङ्गे छ्योइलिङ तामाङ गुम्बाको निर्माण कार्य सम्पन्न भएको छ । उक्त गुम्बाको निर्माण कार्य सम्पन्नसँगै यही माघ १५ मा उद्घाटन हुने भएको छ । गुम्बा निर्माण समितिका अध्यक्ष राम बहादुर तामाङको अध्क्षतामा उक्त उद्घाटन कार्यक्रम हुन लागेको हो ।
सोही कार्यक्रममा लोब्साङ नाम्गेल रिन्पोछ प्रमुख अथितिका रुपमा सहभागी हुने छन् । यही माघ १५ गते नव निर्मित गुम्बा सजावट, १६ गते घनाचक्र पूँजा र १७ गते सांङ शेर्गम पूँजा सहित लामा गुरुहरुद्वारा उक्त कार्यक्रम सम्पन्न हुने छ । ओखलढुंगा जिल्लाका तामाङ समुदाय लगायत विभिन्न क्षेत्रबाट अन्य समुदायका व्यक्तिहरुको पनि सहभागिता रहने गुम्बा निर्माण समितिका सचिव रोमन तामाङले जानकारी दिए । गुम्बा समितिले आफ्नो समुदायलाई उद्घाटन कार्यक्रममा उपस्थित हुन आग्रह समेत गरेको छ ।