काठमाडौं । चोभारको पुलबाट बागमती नदीमा कार खस्दा बेपत्ता भएका पुरूषको शव फेला परेको छ।
बिहीबार दिउँसो कार दुर्घटनास्थल भन्दा अन्दाजी सय मिटर तल पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
अहिले शवलाई पानीबाट निकालेर मुचुल्काको काम गरिरहेको छ।
सोमबार साँझ बागमती किनारमा बा ५ च ५६५४ नम्बरको कार खसेको थियो। सामाजिक सञ्जालमा उक्त गाडी दुर्घटना भएको सिसिटिभी फुटेज पनि बाहिरिएको थियो।
उक्त कार खोकना फास्ट ट्र्याक तर्फबाट मुख्य सडकमा निस्किने क्रममा पुलमाथिबाट बागमती नदी किनारमा खसेको देखिन्छ।