सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

दियो पोस्ट  

सुर्खेत । सुर्खेतमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

जिप आइतबार बिहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि ७०–८० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सुर्खेत वीरेन्द्रनगरका २७ वर्षीय सागर शाही, दैलेख डुंगेश्वर गाउँपालिका– ५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ बस्ने वर्ष ३१ को बबिन शाही, दैलेख गुराँस गाउँपालिका– ३ बस्ने वर्ष ३६ को राजेन्द्र विसीको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दैलेख भैरवी गाउँपालिका– ५ बस्ने अन्दाजी २५–२६ वर्षीय वीरेन्द्रराज शाहीको छातीमा चोट लागेको हुँदा उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस