आईओएमका विद्यार्थी र प्रहरीबीच झडप, केही विद्यार्थी नियन्त्रणमा

दियो पोस्ट  

काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय तनाव भएको थियो । आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए ।

प्रहरीले सामान्य लाठी प्रहार गरेको छ । केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएका छन् ।

विद्यार्थीहरूले होस्टेललाई व्यवस्थित गरि विकृति सुधार गर्नुपर्ने माग राखेका छन् ।