रास्वपाले सांसदसँग २५ हजार र मन्त्रीसँग ३० हजार लेबी उठाउने

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको छ ।

८ माघमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले जनप्रतिनिधिहरुसँग लेबी उठाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा २० जना निर्वाचित भएका छन् । जसमध्ये अध्यक्ष रवि लामिछाने र सांसदहरु डोलप्रसाद अर्याल, शिशिर खनाल र डा.तोसिमा कार्की मन्त्रिपरिषदमा सहभागी छन् ।