आगलागीबाट गोरखाको प्राचीन पुङ्चे हिनाङ गुम्बामा पूर्ण क्षति

दियो पोस्ट  

गोरखा । चुमनुव्री गाउँपालिका–२ ल्होको प्राचीन पुङ्चे हिनाङ गुम्बा आगोलागीबाट पूर्ण रूपमा क्षति भएको छ । मंगलबार दिउँसो करिब चार बजेतिर लागेको आगो राति १० बजे निभाइएको थियो ।

बुधबार हेलिकप्टरमार्फत हिनाङ पुगेका गण्डकी प्रदेशका सासंद नन्दप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी शंहरहरि आचार्य, एसपी केदार खनालले आगलागीले क्षति पुर्‍याएको गुम्बाको स्थलगत अध्ययन गरेका छन् ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण भने अझै आएको छैन । तर स्थानीयसँग बुझ्दा ३० करोड रुपैयाँ बराबरको क्षति भएको बुझिएको स्थलगत अध्ययनपछि फर्किएका प्रहरी प्रमुख एसपी खनालले बताए ।