त्रिविको कारबाही सूचना आयोगले उल्ट्यायो, निलम्बन फुकुवा गर्न आदेश

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय सूचना आयोगले अनियमितता हुँदै गरेको सूचना दिनुलाई मर्यादा विपरीत भन्न नमिल्ने आदेश जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षामा मर्यादा विपरीत कार्य भएको फोटो भिडियो खिचेर जानकारी गराउने धनकुटा क्याम्पसकी कर्मचारी सरिता भण्डारीको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले उनले गरेको काम मर्यादा विपरीत नभएकाले उनीमाथि विश्वविद्यालयले कुनै कारबाही गर्न नमिल्ने आदेश दिएको हो । क्याम्पसको परीक्षा शाखामा कार्यरत भण्डारीले परीक्षार्थीको उत्तरपुुस्तिका सट्टापट्टा भएको तस्वीर खिचेर माथिल्लो निकायलाई बुझाउँदा परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै २०७७ चैत ४ गते त्रिवि कार्यकारी परिषदले उल्टै सरितालाई नै निलम्बन गरेको थियो ।