माघ १६ अर्थात् शहीद दिवस, यसरी गरियो शहीदहरूको सम्झना !

दियो पोस्ट  

काठमाडौं । आज माघ १६ गते अर्थात् शहीद दिवस । प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको छ ।

लैनचौरस्थित शहीद स्मृति पार्कमा सोमबार श्रद्धाञ्जली सभा गरेर शहीदको सम्झना गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै काठमाडौं महानगरका मेयर बालेन साहले शहीदको फोटोमा माल्यार्पण गरेका थिए । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।