काठमाडौं । वित्तीय संस्थाहरूको ब्याज धेरै भएको भन्दै काठमाडौं उपत्यकाका उद्योगी–व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उद्योगी–व्यवसायीप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।
बैंकको ब्याजदर एकल अंकमा ल्याउन माग गर्दै उपत्यकाका सबै व्यापार संघ र महासंघहरू विरोधमा उत्रिएका हुन् ।