काठमाडौ । नेपाली महिलालाई बलात्कार गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगिरलाई पक्राउ गरेको जानकारी दिँदै मोरङ प्रहरीले उनीहरूले पीडित महिला र उनको साथमा रहेकी नाबालिग छोरीलाई भारत लैजाँदै गर्दा नियन्त्रणमा लिइएको जनाएको छ।
पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङ अदालतमा मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको छ।
माघ १२ गते बिहीबार बिहान विराटनगरको रोडशेष चोकस्थित एउटा होटलमा एक जना महिला काम खोज्दै आइपुगेकी थिइन्। झापा घर बताउने २७ वर्षीया ती महिलाको साथमा १४ वर्षीया बालिका पनि थिइन्। उनी महिलाकी दिदीको छोरी भएको खुलेको छ।
पक्राउ परेका दुबै जना भारतीय नागरिक केही दिनदेखि त्यही होटलमा बसिरहेका थिए।