काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशीमा सत्ता गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै एमाले उम्मेदवार निर्वाचित भएकी छन्।
सत्ता गठबन्धनबाट माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी रूक्मिणी कोइराला राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएकी हुन्।
कोइरालाले ५ हजार ८६ मत प्राप्त गर्दा कार्कीले ४ हजार ९९२ मत पाइन्।
कोशीमा एमालेले राप्रपासँग तालमेल गरेको थियो। तालमेल गर्दा पनि अंकगणित सत्ता गठबन्धनकै पक्षमा थियो। तर सत्ता गठबन्धनका केही मतदाताले फ्लोर क्रस गरेपछि कोशीमा एमाले उम्मेदवार कोइराला विजयी भएकी हुन्।
गठबन्धनका तर्फबाट कृष्ण सिटौला र कार्की उम्मेदवार छन्।