
काठमाडौं। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्।
कर्णालीका मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठका अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र नेकपा माओवादी केन्द्रका विष्णु विश्वकर्मा विजयी भएका हुन्।
त्यहाँ नेकपा एमालेबाट डिल्लीप्रसाद भट्ट, विमलाकुमारी शाही र हिक्मतबहादुर विश्वकर्मा उम्मेदवार थिए।
गठबन्धनका उम्मेदवारले जितेपनि मतभार सार्वजनिक भइसकेको छैन।