कृष्ण सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित

दियोपोस्ट संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।

 केहीबेरअघि सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार सिटौला राप्रपाका उम्मेदवार उद्वव थापालाई पराजित गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।

सिटौला सत्ता गठबन्धनका उम्मेदवार हुन् भने थापालाई एमालेले पनि समर्थन गरेको थियो।

कोशीका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सिटौलाले ५ हजार २९२ मतभार प्राप्त गर्दा थापाले ४ हजार ५६२ मतभार ल्याए।

सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने सत्ता गठबन्धनबीच यसअघि नै  सहमति भएको थियो। सोही अनुसार उनलाई उम्मेदवार बनाइएको थियो।

सत्ता गठबन्धनबाट कोशीमै उम्मेदवार रहेकी माओवादी केन्द्रकी चम्पादेवी कार्की भने पराजित भइन्। यहाँ नेकपा एमाले-राप्रपा गठबन्धनकी साझा उम्मेदवार एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी हुन्।

सम्बन्धित खबर

सिफारिस