रवि लामिछानेले भने– मलाई लडाउन सक्छु भनेर कसैलाई लाग्छ भने ‘बिउँझिनुस्’

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितको समस्यालाई लिएर आफूलाई घेराबन्दी गर्न खोजिएको बताए । कर्णालीका नेता कार्यकर्तासँग चियापान तथा भेटघाट गर्न मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘चिन्ताले गरिएका हरेक प्रश्नको म सम्मान गर्दछु । तर, संगठित रुपमा यसलाई घेर्नसक्छु, यसलाई लडाउन सक्छु भनेर कसैलाई लाग्छ भने बिउँझिनुस्’, रविले भने ।

साथै उनले अहिलेको प्रदेश संरचनाले काम नगरेको भन्दै यसको विकल्प खोज्नुपर्ने बताएका छन् । कार्यक्रममा उनले प्रदेश संरचनाले काम नगरेको सूचकांकहरुले नै देखाएको बताएका हुन् ।

‘प्रदेश संरचनाले काम गर्ने भए कर्णालीमा काम हुनुपथ्र्यो, सुदूरपश्चिममा काम हुनुपर्थ्यो, मधेशमा काम हुनुपर्थ्यो’, उनले भने, ‘आज हेर्नुस् मैले बोल्नुपर्दैन, सूचकांकहरुले भनेका छन् ।’

प्रदेश संरचनालाई सत्ता बार्गेनिङ गर्ने पुराना दलहरुले भारी बिसाउने ठाउँ बनाएको लामिछानेले टिप्पणीसमेत गरे ।

सिफारिस