भीम रावलकाे टिप्पणीबारे एमालेले भन्यो– प्रचण्डकै कपीपेस्ट

दियोपोस्ट संवाददाता

काठमाडौं । एमालेले पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोप माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार वर्षअघि लगाएको आरोपको कपीपेस्ट भनेको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बिहीबार सचिवालय बैठकपछि पार्टी मुख्यालय च्यासलमा पत्रकारहरू कुराकानी गर्दै यस्ता आरोपप्रत्यारोपले कहीँ नपुगिने र त्यसको अर्थ पनि नहुने प्रतिक्रिया दिएका हुन्।

‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो, आरोप लगाउनुभएको थियो,’ उनले भने, ‘सायद १९ पेजको थियो। त्यसैको कपीपेस्टजस्तो छ, नयाँ कुराहरू छैन। यसले त्यहाँभित्र कति धेरै नकारात्मकता भरिएको छभन्ने प्रस्ट भएको छ। समाज आफै प्रस्ट भएको छ भन्ने मलाई लाग्छ। तेस्रो कुरा, गालीगलौजले देश भन्ने भए, एक जमाना थियो, बाबुराम भट्टराई प्रचण्डहरूले शब्दकोशमा भएका सबै शब्दहरु खोजीखोजी गाली गर्नुहुन्थ्यो। अर्को अवस्था आयो, रविजी ९लामिछाने०हरू, त्यसरी नै उदाउनुभएको हो। गाली गरेर देश बन्दैन।’

उनले तत्कालीन नेकपा (हालको एमाले र माओवादी मिलेर बनेको पार्टीं मा छँदा प्रचण्डले १९ पृष्ठको आरोप लगाएका थिए। अहिले रावलले त्यसैको नक्कल गरेर ३१ पृष्ठको दस्तावेज बनाएको ज्ञवालीले टिप्पणी समेत गरे।

सम्बन्धित खबर

सिफारिस