काठमाडौं, पुष १७ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतिमा सामुहिक हत्याकाण्डमा नवराज विकसहित आधा दर्जन युवाले मृत्युवरण गरेको ८ महिना वितेको छ ।
घटनामा समलग्नलाई जिल्ला अदालत रुकुमले धमाधम छाड्न थालेपछि नवराजका आमासहित आधा दर्जन अभिभावक काठमाडौं आएका छन ।
सर्वोच्च अदालतको ढोकासम्म आफ्नो चित्कार सुनाउन उनीहरु माइतीघर मण्डलामै उभिएका थिए । छाति र हातमा टाँसिएको प्लेकार्डमा लेखिएको थियो–‘हत्यारालाई धरौटीमा छाड्न पाइँदैन ।’
माईतिघरमा नवराजकी आमा उर्मिला विक, सन्जु विककी आमा सविता विक, लोकेन्द्र सुनारकी आमा लक्ष्मि सुनार, गणेश बुढाका पिता पदम बहादर बुढा मगर, गोविन्द शाहीकी आमा भिर्मी शाही र टिकाराम विकका पिता सोमे नेपाली उपस्थित थिए ।