सर्वसाधरण विरामीका जीवनमा सुशिल मित्तलको खेलवाड : बिषालु औषधी बेचेको खुलाशा !

सर्वसाधरण विरामीका जीवनमा सुशिल मित्तलको खेलवाड : बिषालु औषधी बेचेको खुलाशा !

काठमाडौं, १७ पुस । काभ्रेको साँगा गाविसस्थित जनागलमा रहेको क्युरेक्स फर्मास्युटिकल्सले उत्पाद गर्दै आएको विभिन्न औषधी गुणस्तरहिन रहेको पाइएको छ । मानव जीवनमा गम्भिर असर गर्ने गुणस्तरहिन बिषालु औषधी बेचबिखन गर्ने मित्तलको धन्दामा विभागले औषधी व्यवस्था विभागले रोक लगाएको छ ।


औषधी व्यवस्था विभागले गुणस्तरहिन तथा मानवस्वास्थ्यमा असर गर्ने ती औषधी बजारबाट फिर्ता गर्न सुचना नै जारी गरेको पाइएको छ ।


बुधबार गोरखापत्रमा सुचना नै प्रकाशन गरेर क्युरेक्स कम्पनिले उत्पादन गरेका केही औषधी न्युन गुणस्तर भएका कारण बजारबाट फिर्ता ल्याउन ‘रिकल गर्न’ निर्देशन दिएको हो ।

क्युरेक्स कम्पनिले उत्पादन गर्ने एमएलटी १० अर्थात मन्टेलुकास्ट नामक ट्याबलेटले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै बजारबाट फिर्ता ल्याउन सिफारिस गरेको हो । यो औषधी स्वास प्रस्वासमा समस्या भएका विरामीलाई खुवाइन्छ । तर, त्यस्ता विरामीले क्युरेक्स कम्पनिको औषधी परेमा भने सावधानी अपनाउन पर्ने भएको छ ।


त्यस्तै ग्याष्टिक भएका विरामीले प्रयोग गर्ने एसिफिक नामको झोल औषधी समेत गुणस्तर हिन रहेको पाइएको छ ।

विभागले ती औषधी समेत बजारबाट फिर्ता ‘रिकल’ गर्न भनेको छ ।
भारतीय नागरिक सुशिल मित्तलले सञ्चालन गरेको यो उद्योगले उत्पादन गरेको विभिन्न औषधी गाउँगाउँमा गाउँपालिकाले खरिद गर्ने गरेको छ ।

बिना टेण्डर मनोमानी रुपमा गुणस्तरहिन औषधी खरिद गरेर सर्वसाधरणको जीवनमाथि नै खेलवाड गर्ने गरेको पाइएको छ । गुणस्तरहिन औषधी उत्पादन गर्ने मित्तललाई सरकारलेभने कुनै कारबाही गर्न सकेको छैन ।

Trending News