महेन्द्र राजमार्गको सडकमा बाघको मृत शरिर भेटियो, गाडीले ठक्कर दिएको आशंका

महेन्द्र राजमार्गको सडकमा बाघको मृत शरिर भेटियो, गाडीले ठक्कर दिएको आशंका

काठमाडौं, १८ पुस । सवारी साधनको ठक्करबाट एउटा टाटे बाघको मृत्यु भएको छ । द्रुत गतिमा आएको सवारी साधनले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने पर्सा राष्ट्रिय निकुञ्ज नजिकै एउटा बाघको मृत शरिर भेटिएको हो ।

शनिबार विहानै बाघको मृत शरिर सडकमा देखिएपछि सुरक्षा निकाय त्यस तर्फ पुगेको थियो ।


नेपालमा सवारी दुर्घटनाबाट बाघको मृत्यु भएको यो तेस्रो घटना रहेको विज्ञहरुको भनाई छ ।

Trending News