काठमाडौं, २० पुस । अखिल नेपाल ट्रड युनियन महासंघको राष्ट्रिय भेलाले बागमती प्रदेशसभा सदस्य जगत सिंखडालाई केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सोमबार राजधानीमा भएको भेलाले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
लामो समयदेखि मजुर आन्दोलनमा सक्रिय अध्यक्ष सिंखडा केही दिनअघि मात्रै संयुक्ट ट्रड युनियन महासंघ नेपालको जेटियुसिसिको समेत अध्यक्ष निर्वाचित भएका थिए ।
उनले यसअघि अखिल नेपाल यातयात मजदुर संघको समेत नेतृत्व गरेका थिए ।
लामो समय अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिवको भूमिकामा समेत रहेका उनी यसअघि कार्याबाहक अध्यक्षको भूमिकामा थिए ।
सोमबार पेरिसडाँडामा भएको भेलाले उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका आगिञ्चोक घर भएका उनी सोही क्षेत्रका प्रदेश सांसद हुन् ।