काठमाडौंमा वायु प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयको ५ बुँदे निर्देशन : घरबाट निष्कन प्रतिबन्ध

दियोपोस्ट संवाददाता

काठमाडौं, २१ पुस । सोमबार विहानैदेखि राजधानी काठमाडौंमा बाक्लो वायुप्रदुषण बढेको छ । वायु प्रदुषण बढेपछि अन्य देशमा सरकारले उद्योगधन्दा तथा कलकारखाना बन्द गर्ने गर्छन् । तर, नेपालमा भने २ दिनपछि स्वास्थ्य मन्त्रालयले सुचना निकालेको छ ।


स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले विज्ञप्ति निकाल्दै काठमाडौंमा वायु प्रदुषण बढेको बताएका हुन् । वायु प्रदुषणका कारण स्वास प्रश्वासमा समस्या हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले वायु प्रदुषणलाई लिएर ५ बुँदे निर्देशन जारी गरेको छ ।

केही दिन मर्निंग वाक बन्द गर्ने र घर बाहिरको शारिरिक व्यायाम बन्द गर्ने, फोहोरको व्यवस्थापन गर्ने तर जलाउन नपाइने, घरबाहिर ननिष्कने, निष्कनै परे मास्कको प्रोग गर्ने, धुँवा धुलो लगायतको पेशा व्यावसाय बन्द गर्ने र आवश्यक नभई सवारी साधन चनलाउन मन्त्रालयले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

सिफारिस