सिद्धलेक गाउँपालिकामा ‘कु’ : हाकिम नभएको मौकामा हरि पाटा मगरको गैरकानुनी काम !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, २२ पुस । धादिङको सिद्धलेक गाउँपालिकामा कार्यरत सुचना अधिकारी तथा प्रशासन शाखामा कार्यरत हरि पाटा मगरले पदको दुरुपयोग गर्दै सुचना छापेको पाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नभएको मौकामा आफूलाई नै प्रमुख प्रशासकीय अधिकृतको दर्जा दिएर उनले गाउँपालिका भित्रै ‘कु’ गरेको पाइएको हो ।


गाउँपालिकाको कुम्पुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव (छैटौँ तह) रकिम अन्सारीलाई नलाङ स्वास्थ्य चौकीमा हाजिर नभएको भन्दै गत मंसिर २१ गते गोरखापत्रमा सुचना छापिएको थियो । तर, उक्त समयमा प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेल सरुवा भएका थिए । उनको ठाउँमा आउनुपर्ने हालका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मा समेत हाजिर भएका थिएनन् ।
आफ्नो अधिकार क्षेत्र भित्रै नपर्ने आफू सरहको कर्मचारीलाई ‘कारबाही किन नगर्ने’ भन्दै प्रमुख प्रशासकीय अधिकृतको नाममा सुचना छापिएको हो ।

‘हामीले सुचना छापेका हौँ । म निमित्त प्रशासकीय अधिकृत थिएँ । सुचनामा निमित्त भनिएको थिएन । तर, सुचना मैले छापेको हुँ । मैले छापेको हुँ । निमित्त भनेर छाप्न पाइएन,’ निमित्त भएको व्यक्तिले प्रमुख प्रशासकीय सरह सुचना छापेको भन्दै अख्तियारमा उजुरी पर्यो भने तपाईंलाई कारबाही हुन्छ नी भन्ने दियोपोस्टको प्रश्नमा उनले भने,‘त्यो त हुन्छ । त्यस्तो कुरो गरेको हो ।’


पाटा मगरले आफूले सरसल्लाहा गरेरै सुचना छापेको बताए । उनलाई सुचना छाप्न गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले निर्देशन दिएको स्रोतले बतायो । ‘मैले सरसल्लाहा नै गरेर सुचना छापेको हुँ । हामीले सोध्ने ठाउँमा सोधेका हौँ,’ उनले भने ।


रकिम अन्सारीले आफूलाई गाउँपालिकाले व्यक्तिगत रिसिइबीको आधारमा कोरोनाको महामारीको समयमा पदस्थापना गरिएको भन्दै उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । मुद्दा नटुंगँदै गाउँपालिकाले सुचना निकाले कारबाही किन नगर्ने भन्दै बर्खास्त गर्ने तयारी गरेको थियो ।

स्रोतका अनुसार अन्सारीलाई बर्खास्त गरेर आफू अनुकुल व्यक्तिलाई भर्ना गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले तयारी गरेका छन् । उनले गाउँपालिकामा आफ्ना सम्धीलाई पिए, ज्वाइँलाई शिक्षा शाखा प्रमुखमा भर्ति गरेका थिए । त्यस्तै अख्तियार दुरुपयोग गरि सुचना छाप्ने हरि पाटा मगरले आफ्नै छोरीलाई गाउँपालिकामा जागिर लगाएका छन् ।


गाउँपालिका अध्यक्ष सिलवालले कुम्पुर शाखामा कार्यरत अन्सारीलाई गैरकानुनी रुपमा स्वास्थ्य मन्त्रालयमा फिर्ता गर्ने, कुम्पुर शाखाको हाजिरकपी लुकाउने लगायत दुख दिँदै आएका छन् । अन्य कर्मचारीलाई पनि पालिकामै बोलाएर महिनाको एकैपटक हाजिर गर्न लगाइएको छ ।

अन्सारीलाई गैरकानुनी रुपमा पदस्थापना गरेको भन्दै स्थानियबासीले आन्दालन समेत गरेका थिए ।

TATA ADD