काठमाडौं, २३ पुस । बागमती प्रदेश सभाको अधिवेशन आगामी माघ ७ गतेदेखि हुने भएको छ । प्रदेश सभाको अधिवेशन आह्वान गर्दै प्रदेश प्रमुख विष्णु प्रसाइँले सुचना जारी गरेका हुन् ।
प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता भएसँगै मुख्य मन्त्री डोरमणी पौडेल संकटमा छन् ।
अधिवेशन शुरुभएसँगै उनको पदसमेत धरापमा पर्ने भएको छ । नेकपा वागमती प्रदेशकी इन्चार्ज तथा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता र मुख्य मन्त्रीको उम्मेदवार बनाउने निर्णय नेकपाको प्रदेश संसदले गरेको छ ।
माघ सात गतेदेखि सातौँ अधिवेशन आयोजना गरिएको छ । सोही अधिवेशनले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव पारित गर्ने संभावना छ । प्रदेश सभामा प्रचण्ड माधवले नेतृत्व गरेको नेकपाको ४५ जनाले मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्री पौडेलसँग बहुमत छैन, अल्पमतमा परेका छन् ।