काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा प्रधानमन्त्री केपी ओली विरुद्ध मशाल जुलुश निष्कियो

काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा प्रधानमन्त्री केपी ओली विरुद्ध मशाल जुलुश निष्कियो

काठमाडौं, २५ पुस । राजधानी प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा प्रधानमन्त्री केपी ओली सरकारको असंवैधानिक संसद विघटन विरुद्ध मशाल जुलुस प्रदर्शन गरेको छ ।


चन्द्रागिरी नगरपालिका २ मा स्थानियबासी र नेकपाका कार्यकर्ताले मशाल बालेर प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका हुन् ।

संविधान सभा सदस्य समेत रहेकी नेकपाकी नेतृ रुपा महर्जनको नेतृत्वमा मशाल जुलुश निकालिएको हो ।

विरोध सभार्ला सम्बोधन गर्दै संविधान सभा सदस्य महर्जनले प्रधानमन्त्री ओलीले संविधान कुल्चीएको जवाफ जनताले सडकबाटै माग्ने बताइन् ।


मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको एक सहभागीले बताए । उनीहरुले प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

Trending News