काठमाडौंको सडक किनारको खाल्डोमा भेटियो अन्दाजी २५ वर्षिय युवाको शव

काठमाडौंको सडक किनारको खाल्डोमा भेटियो अन्दाजी २५ वर्षिय युवाको शव

काठमाडौं, २८ पुस । राजधानीको चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुङ्गलमा सडक किनारमा बेबारिसे शव भेटिएको छ ।


मंगलबार विहान अन्दाजी २४/२५ वर्षको जस्तो देखिने युवा सडक किनारमा रहेको खोँचको तल मृत अवस्थामा भेटिएका हुन् । स्थानियबासीले प्रहरीलाई खबर गरेपछि प्रहरी उद्दारका लागि त्यस तर्फ पुगेको छ ।


हातमा घडि, कालो ज्याकेट र सेतो पाइन्ट लगाएका युवाको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको छ ।

बेवारिसे शव नागढुङुगा–कलंकी सडक खण्डमा भेटिएको हो ।

Trending News