काठमाडौं, १ माघ । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेतृत्व गरेको ग्लोबल आईएमई बैंकले अदालतमा मुद्दा चल्दै गरेको जग्गा बेचविखन गरेको खुलेको छ ।
जिल्ला अदालत सुनसरीले अंश बण्डा गर्नु भनेको जग्गा मालपोतसँगको सेटिङका आधारमा लिलाम विक्री गरेको खुलेको हो ।
आफ्नै दाजुले अंसियारको सहमति बिना बैंकमा धितो राखी ऋण निकालेको भन्दै ईटहरीका सुवाष ठाकुरले बैंक विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।
आफ्नै दाजु निरन्जन ठाकुले भाई सुभाष ठाकुरलगायत अंशियारसँग सहमति बिनै ग्लोबल आईएमई बैंकबाट ऋण निकालेका थिए । अंशियारको अनुमति विपरित ऋण निकालेको भन्दै सुभाषले आफ्नो सम्पत्ति जोगाउन जिल्ला अदालत सुन्सरीमा मुद्दा हालेका थिए । अनुमति बिना दृष्टि बन्धक राखिएको भन्दै सुभाषले दायर गरेको मुद्दामा जिल्ला अदालत सुन्सरीले अंशबण्डा गर्नु भन्दै उनकै पक्षमा फैसला गरिदिएको थियो ।
२०७५ अषाढ २६ गते सुन्सरी जिल्ला अदालतका न्यायाधीश रोशन गजुरेलले अंश बण्डा गर्न फैसला गरेका थिए । तर, दूर्भाग्य ग्लोबल आइएमई बैंकले मालपोतसँगका सेटिङमा फैसला आउनु केहीदिन अघि नै उनको जग्गा लिलाम विक्री गरेको खुलाशा भएको छ ।
जिल्ला अदालतमा मुद्दा चलिरहेको जग्गा बैंकले कसरी लिलाम विक्री गर्यो पीडित सुभाष नै अन्यौलमा परेका छन् । उनले अदालतको फैसला कार्यान्वयन नभएपछि जिल्ला अदालत सुन्सरीमै ग्लोबल आइएमई बैंक विरुद्ध मुद्दा हालेका छन् । उनले मुद्दा हालेपछि अहिले यो जग्गा रोक्का राखिएको छ । यसरी ढकाल नेतृत्वको बैंकले अधिकांश ऋणीको सम्पत्ति हत्याउने गरेको पाइएको छ ।
बैंकले जिल्ला अदालत सन्सरीले फैसला गर्नुभन्दा ठीक १० दिनअघि २०७५ अषाढ १७ गते पुष्कर रेग्मी र इन्द्र प्रसाद वाग्लेको नाममा संयुक्त लिलाम विक्री गरेको थियो । सुभाषका दाई निरञ्जन ठाकुरले सो जग्गा धितो राखेर २०७२ साल पुस ३० गते धितो राखी ४५ लाख रुपैयाँ ऋण निकालेका थिए । बैंकले रेग्मी र वाग्लेलाई १ कोड ४ लाख रुपैयाँमा लिलाम विक्री गरेको हो । तर, लिलाम विक्री सकार्ने पक्षले पनि हालसम्म उक्त जग्गा उपभोग गर्न पाएको छैन ।
ग्लोबल आइएमई बैंकको लापरबाहीका कारण हजारौँ ऋणीले यस्तै पीडा भोग्नु परेको पीडितहरु बताउँछन् ।