बालिका खड्काले पति दाबी गरेपछि विवादमा आएका शेरधनले कलाकार ज्याङ्मुलाई भित्र्याउँदै !

बालिका खड्काले पति दाबी गरेपछि विवादमा आएका शेरधनले कलाकार ज्याङ्मुलाई भित्र्याउँदै !

काठमाडौं, ३ माघ । कुनै समय नेकपाकै युवा नेतृ बालिका खड्काले आफ्नो पति दाबी गरिदिएपछि विवादमा आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् ।


यही माघ ११ मा उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्न लागेका खुलेको छ ।

उनीहरुबीच प्रेम विवाह हुन लागेको स्रोतले जनाएको छ । एक वर्षयता प्रेममा रहेका ज्याङमु र शेरधनबीच अन्तत विवाह हुने भएको हो ।


विभिन्न चलचीत्रमा अभिनय गरेकी ज्याङ्मु पेशाले कलाकार हुन् । संखुवासभा घर भएकी ज्याङमु काठमाडौंमा बस्दै आएकी छिन् ।

शेरधन राईको घर भने भोजपुर हो । उनका बाबु–आमा भने अमेरिकामा रहेको जनाइएको छ ।

Trending News