शंकर ग्रुपद्वारा टिभिएसका मजदुरमाथि ज्यादती : अन्यायपूर्वक २० मजदुर निष्काशन !

शंकर ग्रुपद्वारा टिभिएसका मजदुरमाथि ज्यादती : अन्यायपूर्वक २० मजदुर निष्काशन !

काठमाडौं, ३ माघ । नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जबरजस्ती कर्मचारीलाई निकालेको खुलाशा भएको छ ।
टिभिएसमा कार्यरत २० जना भन्दा बढी श्रमजीवि मजदुरलाई जबरजस्ती कामबाट निकालेको पाइएको हो ।


२० औँ वर्ष टिभिएस मोटर्समा कार्यरत मजदुरहरुलाई जबरजस्ती निकालेको भन्दै सुचना निकालेको खुलेको छ ।


टिभिएसमा कार्यरत कर्मचारीलाई जागिरबाट अवकास दिइएको भन्दै कम्पनिले यही पुस २७ गते सार्वजनिक सुचना जारी गरेको थियो । कर्मचारीहरुलाई पुस २६ गतेसम्मको पाउने तलब भत्ता, सुविधा र क्षतिपूर्ति दिएर कामबाट निकालिएको भन्दै २७ गते नै सुचना निकालिएको हो ।


स्रोतका अनुसार १० औँ वर्ष काम गरेका कर्मचारीले समेत स्थायी नियुक्ती पाएका थिएनन् । सुचना अनुसार २०६७ सालदेखि कार्यरत शुक्र बहादुर लुंगेली मगरलाई स्थायी नियुक्ती बिनै करिब ११ वर्षपछि गैरकानुनी रुपमा निकालिएको छ । उनीसहित २० जना श्रमजिवी मजदुरलाई गैरकानुनी रुपमा निष्काशन गरेपछि अखिल नेपाल अटोमोबाइल्स मजदुर संघले आन्दोलनको घोषणा गरेको छ ।


‘उनीहरुले देख्दाखेरि कानुनी भाषाहरु प्रयोग गरेका छन् । तर, रुप र सारमा गैरकानुनी रुपमा मजदुरलाई कामबाट निकालिएको छ,’ अखिल नेपाल अटो मोबाइल्स मजदुर संघका अध्यक्ष पुरनजन गिरीले दियोपोस्टसँग भने,‘मजदुरहरुले १२ वर्षदेखि बिना नियुक्ती पत्र टिभिएसमा काम गरे । उनीहरुले नै टिभिएसलाई ठूलो बनाए । युनियनमा बस्ने २० जना मजदुरलाई मात्रै निष्काशन गरेको छ । हामीले हिजो पनि आन्दोलन गरेका छौँ ।’

अध्यक्ष गिरीका अनुसार टिभिएसले फल रोप्न लगाएर फल खानेबेला मजदुरलाई लात हानेर निकालेको छ । जगदम्बा समुहले नेपालमा आधिकारिक रुपमा टिभिएस मोटरसाइकल बेच्दै आएको छ । जगदम्बा मोटर्सको प्रबन्ध निर्देशक साहिल अग्रवाल हुन् । उनी नेपाल विद्युत प्राधिकरणलाई २ अर्ब भन्दा बढी रकम विद्युत महशुल नबुझाएको अभियोगमा विवादित बनेका थिए । जगदम्बा समुहले नेपालमा अर्बौंको धन्दा गर्दै आएको छ ।


टिभिएसमा कार्यरत कर्मचारीहरुलाई अग्रवालले वर्षौंदेखि नियुक्ती पत्र, बोनस नदिएको एक कर्मचारीले बताए ।

जगदम्बा मोटर्स शंकर समुहले सञ्चालन गर्दै आएको कम्पनि हो ।


मजदुर संगठनले गैरकानुनी र अन्यायपूर्वक मजदुर निकालेको भन्दै जगदम्बा समुह विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

Trending News