ट्रेडमार्क चोरीका अभियुक्त दुगड प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहाकार नियुक्त !

ट्रेडमार्क चोरीका अभियुक्त दुगड प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहाकार नियुक्त !

काठमाडौँ, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व उद्योगराज्य मन्त्री मोतीलाल दुगडलाई आफ्नो आर्थिक सल्लाहाकार नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले उनको नियुक्ति गरेको हो । सल्लाहकार दुगडले मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्नेछन् ।


उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाका स्थानमा नियुक्त भएका हुन् । दुगडको कम्पनी दुगड स्पाइसेस एण्ड फूड प्रडक्स प्रा.ली विरुद्ध ट्रेडमार्क चोरीको मुद्दा अदालतमा विचाराधिन छ ।


उनको कम्पनी विरुद्ध पेप्सी इन्क अमेरिकाको डिष्टिब्युटर सिम्रिक प्रा.ली काठमाडौंले आफूले उत्पादन तथा विक्री गर्दै आएको ‘कुरकुरे’ ब्राण्डकै ट्रेडमार्क नक्कल गरेर ‘कुरमुरे’ उत्पादन तथा विक्री गर्दै आएको भन्दै उद्योग विभागमा उजुरी दर्ता गरेको थियो ।

उद्योग विभागले दुगडको कम्पनिले ट्रेडमार्क चोरी गरेको विषयमा अनुसन्धान थालेपछि उद्योग राज्यमन्त्री समेत रहिसकेका दुगडले उच्च अदालत पाटनमा उद्योग विभाग विरुद्ध नै मुद्दा हालेको थियो । उक्त मुद्दाको अन्तिम किनारा लागिसकेको छैन ।

Trending News