शिक्षामन्त्रीले भ्रष्टाचार आरोपीलाई केयूको उपकुलपतिमा सिफारिस गरेको खुलाशा (उजुरीसहित)

शिक्षामन्त्रीले भ्रष्टाचार आरोपीलाई केयूको उपकुलपतिमा सिफारिस गरेको खुलाशा (उजुरीसहित)

काठमाडौं, ६ माघ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम प्रधानमन्त्री (कुलपति) समक्ष सिफारिस भएको छ ।

उपकुलपति छनोट गर्न शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा गठित ‘सर्च कमिटी’ले सोमबार प्रा.डा. रामकण्ठ माकजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको हो । समितिमा श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना रहेका थिए । तर, शिक्षा मन्त्री श्रेष्ठले आफ्नो ईमेलमा उपलकुपतिको वयक्तिक विवरण माग गरेपछि विवादमा आएका थिए । उनको ईमेल नै सार्वजनिक भएपछि नियुक्ती सिफारिसमा विभिन्न आशंका गरिएको थियो । बाहिर आएका विभिन्न आशंकालाई बल दिँदै शिक्षा मन्त्री श्रेष्ठले भ्रष्टाचार आरोपी प्राध्यापक डाक्टर बालचन्द्र गौतमलाई समेत सिफारिस गरेको पाइएको छ ।


उपकुलपतिमा सिफारिस लुँइटेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेको पाइएको हो ।


उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भ्रष्टाचारको उजुरी यस्तो छ–

Trending News