धादिङको गाउँगाउँमा भ्रष्टाचार : गोगनपानी माविको शिक्षक नियुक्तीमा प्रअले प्रश्नपत्र नै बेचेको खुलाशा !

धादिङको गाउँगाउँमा भ्रष्टाचार : गोगनपानी माविको शिक्षक नियुक्तीमा प्रअले प्रश्नपत्र नै बेचेको खुलाशा !

धादिङ, ६ माघ । धादिङको गल्छी गाउँपालिका वडा नं ८ गोगनपानीस्थित श्री गोगनपानि माविको शिक्षक नियुक्तिमा चरम अनियमितता भएको पाइएको छ । शिक्षक नियुक्तीको लागि विद्यालयले लिएको परिक्षामा प्रधानाध्यापक रामहरी थापाले परिक्षार्थीसँग रकम अशुलेर परिक्षा अगावै प्रश्नपत्र आउट गरेको पाइएको छ ।

विद्यालयका लागि बालविकासको शिक्षक आवश्यक रहेको भन्दै आवेदन खुलाइएको थियो । एक जना शिक्षक आवश्यक परेको आवेदन परेपछि ५ जना शिक्षक परिक्षामा सहभागी भएका थिए । तर, ५ जना मध्ये ३ जनालाई भने प्रधानाध्यापक थापाले प्रश्नपत्र बेचेका थिए । उनले प्रतिव्यक्ति ५० हजार रुपैयाँ अशुलेर प्रश्न पत्र बेचेको अडियो रेकर्ड दियोपोस्टले फेला पारेको छ ।


गल्छि ८ गोगनपानीका पूर्व वडाध्यक्षको बुहारी कल्पना सुवेदीलाई नियुक्ती दिएको समेत पाइएको छ ।

‘हामीलाई ६ वटा लङ क्वइसन दिएका थिए । अब्जेक्टिभ क्वइसन चालिसवटा दिएका थिए,’ टेलिफोन संवादमा भनिएको छ,‘मलाई चाहीँ पक्षपात गरेछन् । मलाई अब्जेक्टिभ २० वटा दिए । चिन्ह लगाउने आदी मात्रै थिए । उताबाट पैसा बढी पाएपछि २० वटा क्वइसन होइन भनिएछ ।’
परिक्षार्थीहरुले आफूहरुले प्रतिव्यक्ति ५० हजार दिएको टेलिफोन रेकर्डमा बताएका छन् ।


प्रधानाध्यापक थापाले पनि प्रश्न पत्र कतिवटा दिएको हुँ भन्दै टेलिफोन रेकर्डमै बताएका छन् । ‘मैले २० वटा प्रश्न दिएको हुँ । उसले २० वटै मिस्टेक गरेको छ । त्यस्तो दिमागलाई कसरी गर्ने ? सुशीलाले लेखेको छ । बस्तुगत प्रश्न २० वटा दिएको २० वटामा १४ वटा मिलाएको छ । उनले अडियोमा भनेका छन् ।


यता प्रधानाध्यापक रामहरी थापालाई यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले सम्पर्क गर्दा उनले आफूले प्रश्न पत्र आउट नगरेको र पैसा समेत नलिएको बताए ।

टेलिफोन संवाद

Trending News