सिआइबीको सिफारिसमा शैलेस लोहनीको मेगा टेक ग्रुप कालोसुचीमा !

सिआइबीको सिफारिसमा शैलेस लोहनीको मेगा टेक ग्रुप कालोसुचीमा !

काठमाडौं, ८ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ५ वटा ठेकेदार सस्था तथा आपूर्तिकर्तालाई कालोसुचीमा राखेको छ ।


विहिबार गोरखापत्रमा एक सुचना प्रकाशन गर्दै कालोसुचीमा पर्नेहरुको नाम सार्वजनिक गरेको हो । कालोसुचीमा पर्नेहरुमा प्रतिष्ठित कम्प्युटर सप्लायर्स समेत रहेको मेगा टेक ट्रेड ग्रुप समेत रहेको पाइएको छ । नेपाल प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीको सिफारिसमा उक्त कम्पनिलाई कालोसुचीमा राखिएको हो ।


कम्पनी सञ्चालक शैलेश लोहोनीको मुख्य लगानीमा सञ्चालित मेगा टेक समुहले सिआइबीलाई सप्लाई गर्नुपर्ने कम्प्युटरमा घोटाला गरेको स्रोत बताउँछ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले मेगा टेक सहित विभिन्न ५ फर्म तथा कम्पनिलाई १ वर्षका लागि कालोसुचीमा राखेको हो ।


अनुगमन कार्यालयका अनुसार महालेखा नियन्त्रक कार्यालय अनामनगरको सिफारिसमा स्टार अफिस इन्टरनेश्नल, पुतलीसडकलाई एक वर्ष कालोसुचीमा राखिएको छ ।


सडक विभाग ईलामको सिफारिसमा माईभगवती निर्माण सेवा, पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेशको सिफारिसमा आर्या निर्माण सेवा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तम्घास गुल्मीको सिफारिसमा सिद्धार्थ हार्डवेयर्स बुटवललाई कालोसुचीमा राखिएको छ ।

Trending News