काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध राजधानीको भृकुटिमण्डपमा आयोजित आमसभालाई संवोधन गर्दै उनले प्रधानमन्त्री ओली आन्दोलन भनेपछि रुन थाल्ने गरेको बताएका हुन् ।
‘आन्दोलन भनेपछि केपीजी रुन थाल्नु हुन्छ । गणतन्त्रको आन्दोलन हुनुहुन्न भनेर नोटअफ डिसेन्ट लेख्न लगाउनु भएको रहेछ,’ विशाल आमसभालाई संवोधन गर्दै उनले भने,‘संविधान आइसियुमा रहेको बेला देश शोकमग्न भएको बेला केपीको बानी हास्ने रहेछ । यस्तो उल्टो खपडीको मान्छे नेपालमा कसरी ?
नेकपा एकता भएपछि तत्कालिन जनयुद्ध र शहिद परिवारको कार्यक्रममा कहिल्यै नजाने प्रधानमन्त्री ओलीलाई नै अहिले जनयुद्ध र घाइतेको चिन्ता भएको भन्दै उनले व्यंग्य गरे ।