‘द कपिल शर्मा शो’ केहि समयका लागि बन्द हुँदै

दियो पोस्ट  

एजेन्सी १२ माघ । भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ।

विगत दुई वर्षदेखि दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको हास्यप्रधान ‘द कपिल शर्मा शो’ ले यही फेब्रुअरी मध्यबाट केही समयका लागि ‘ब्रेक’ लिन लागेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ।

भारत लगायत धेरै देशहरूमा अत्यधिक रुचाइएको कमेडी शो नेपालमा पनि निकै लोकप्रिय रहेको छ । कोरोना भाइरस महामारीकै कारणले गर्दानी यस सिजनलाई स्थगित गरिनुका साथै नयाँ सिजनलाई केही समय पछि अधिकारीक घोषणा गरीने बताइएको छ ।

पछिल्लो थुप्रै वर्षदेखि यो टिभी शोमार्फत् कपिल शर्मा सानो पर्दामा राज गरिरहेका छन्। थुप्रै पटक बन्द भएपछि पनि ूद कपिल शर्मा शोूको चर्चा भने कम भएको छैन।

सिफारिस