
काठमाडौँ । अभिनेता प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ले तीन दिनमै विश्वभर ४०० करोड भारु कमाइ गरेर इतिहास रचेको छ ।
दुई दिनमा झण्डै ३ सय करोड भारु (२९५.७ करोड भारु) कलेक्सन गरेको यो फिल्मले आइतबार पनि उत्कृष्ट व्यापार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
शुक्रबार पहिलो दिन विश्वब्यापी १७८.७ करोड भारुको डेब्यु गरेको फिल्मले शनिबार ११७ करोड र आइतबार १०४.३ करोड भारु कमायो । भारतीय फिल्मको ट्रयाकर एजेन्सी स्याकनिल्कका अनुसार यो फिल्मले तीन दिनमा हिन्दी संस्करणमा भने ६१ करोड कमायो ।
तीन दिनमा भारतको कलेक्सन २०८ करोड भारु छ । ‘सलार’ले शुक्रबार भारतमा ९०.७ करोड भारु, शनिबार ५६.३५ करोड र आइतबार ६१ करोड भारु कमायो । अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंकी’ले चौथो दिन भारतमा ३१ करोड ५० लाख भारुको व्यापार गरेको छ ।
यससँगै भारतको कूल कलेक्सन १०६ करोड ४३ लाख भारु छ ।