आलिया र रणवीरको छोरी राहाको लुक्स सार्वजनिक

दियोपोस्ट संवाददाता

काठमाडौँ । आलिया भट्ट र रणवीर कपूरले छोरी राहाको लुक्स सार्वजनिक गरेका छन् । क्रिसमसको अवसर पारेर उनीहरूले भारतीय मिडियालाई छोरी राहाको अनुहार देखाएका हुन् । उनीहरू छोरी राहासँग तस्बिर खिचाएका थिए।

राहा नाम रणवीरकी आमा नीतु कपूरले राखिदिएकी हुन् । आलियाले छोरीको नामको अर्थ खुलाउँदै भनेकी थिइन्, ‘राहा नामको निकै सुन्दर अर्थ छ । राहा आफ्नो रूपमा दिव्य पथको हो । स्वाहिलीमा आनन्द हो । संस्कृतमा राहा एक गोत्र हो । बंगालीमा आराम र राहत हो । अरबीमा शान्ति, खुशी, स्वतन्त्रता र आनन्द हो ।’

आलियाले गत ६ नोभेम्बरमा छोरीलाई जन्म दिएकी थिइन् ।

सम्बन्धित खबर

सिफारिस