काठमाडौं । दक्षिण भारतीय अभिनेत्री नयनताराविरुद्व उजुरी दर्ता भएको छ।
हिन्दु सेवा परिषदले धार्मिक अगुवालाई गलत प्रकारले बुझाएको भन्दै उनीविरुद्ध उजुरी दिएको छ । अन्नपूर्णी फिल्ममा उनले अभिनय गरेकी थिइन्। यो फिल्मले धार्मिक भावनामा ठेस पुर्याएको भन्दै भारतको जबलपूरमा नयनताराविरुद्व उजुरी दर्ता भएको हो। हिन्दु सेवा परिषदले फिल्मलाई विरोध गर्दै ओमन प्रहरी थानामा उजुरी दिएको थियो। हिन्दु सेवा परिषदले धार्मिक अगुवालाई गलत प्रकारले बुझाएको भन्दै विरोध गरेका छ। फिल्ममा नयनताराले पुजारीको छोरी पात्र बनेर भूमिका गरेकी थिइन्।
फिल्ममा उनले पुजारीको छोरी भएर पनि मासु पकाएको, खाएको र हिन्दु भएर हिजाब लगाएर नमाज पढ्दै मुस्लिम धर्मलाई बढुवा दिएको भन्दै हिन्दु धार्मिक अगुवाहरूले विरोध गरेका हुन्। भारतमा ब्राह्मण समुदायका धेरैले मासु खाँदैनन्।
विवाद बढ्दै गएपछि नेटफ्लिक्सले हटाएको यो फिल्मले सामाजिक सञ्जालमा भने सकारात्मक प्रतिक्रिया पाएको छ।