टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान)को अध्यक्षमा बद्रि नेपाल सर्वसम्मत चयन

दियो पोस्ट  

काठमाडौं, १२ माघ । टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को २७ औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा बद्रि नेपाल चयन भएका छन् ।


सोमबार राजधानीमा आयोजित साधारण सभाबाट नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक दिपक थापाले नेपालभरका गाइडहरुको समस्या माथिल्लो निकायमा पुर्याउने प्रतिबद्धता जनाए ।


त्यस्तै विशेष अतिथि समेत रहेका पर्यटक प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) विकाशराज खनालले पर्यटक प्रहरी र गाइडबीचको सहकार्यको आवश्यकता रहेको औँल्याए ।


साधारणसभाबाट बरिष्ठ उपाध्यक्षमा थानेश्वर देवकोटा, प्रथम उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, द्धितिय उपाध्यक्षमा शुकदेव सिग्देल र महासचिवमा कुमार पुरी चयन भएका छन् ।


त्यस्तैगरी सचिव अजय कुमार दाहाल, कोषाध्यक्ष राजेन्द्र मानन्धर, कार्यसमिति सदस्यहरु दिपक गिरी, कृष्ण खरेल, माधवराज श्रेष्ठ, नारायण बुढाथोकी, रोहित कुमार फुँयाल र टंकप्रसाद दुवाडी चयन भएका छन् । उनीहरुलाई प्रमुख अथिति थापा र विशेष अतिथि खनालले माला लगाएर सम्मान गरेका थिए ।

साधारण सभामा निवर्तमान अध्यक्ष केदारमान तामाङले आफ्नो कार्यकालमा टुरिष्ट गाइडहरुको हितका लागि उल्लेख्य कार्य गरेको दाबी गरे ।

सिफारिस