एजेन्सी १३ माघ । बलिउड अभिनेत्री सोनाक्षीले घर किन्ने भएकी छन् । आफ्नै घर जो कोहीको पनि सपना हुन्छ ।
राम्रो कमाइ हूँदै गएपछि बलिउडकमा कलाकारहरु आफ्नो घरमा सेटल भइरहेका छन । गत वर्ष बलिउडका कलाकार रणवीर कपुर, आलिया भट, जाह्न्वी कपुरलगायतहरुले मुम्बईमा घर किनेका थिए ।
घर किनेपछि उनले सानैदेखि आफूले देखेको सपना पूरा गरेको प्रतिक्रिया दिएकी छन् । सोनाक्षीले मुम्बईको बान्दा इलाकामा ४ बीएचके घर किनने हुन । सोनाक्षीले भनिन् जब म बलिउडमा काम गर्न सुरु गरेँ, मेरो एक सपना थियो कि म आफ्नौ कमाइले एउटा घर किन्न सकुँ ।
३० वर्षको उमेर नपुग्दै घर किन्ने चाहना थियो । सोचेअनुसार त गर्न सकिएन तर आज आएर आपनो सपना भने पुरा गरेकी छु । सोनाक्षीले नयाँ घर पनि आफूले तत्काल अभिभावकको साथ भने नछाड्ने बताएकी छन् ।