काठमाडौं । राजधानीको दरबारमार्गस्थित त्रिसारा रेष्टुरेन्टबाट २ जना युवा पक्राउ परेका छन् । उनीहरुले रेष्टुरेन्ट भित्र आएका ग्राहक महिलालाई यौन हिंसा गरेको आरोप लागेको छ ।
‘रेष्टुरेन्टमा आएका ग्राहक महिलाको मास्क खोल्दिने र यौन हिंसा गरेपछि प्रहरीले भर्खरै २ जना युवालाई पक्राउ गरेको छ,’ एक रेष्टुरेन्टका कर्मचारीले दियोपोस्टसँग भने,‘अहिले दरबारमार्ग प्रहरीमा पुर्याइएको छ ।’
महानगरीय प्र्रहरी बृत्त दरबारमार्गका डिएसपी विश्वराज खड्कालाई यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले सम्पर्क गर्दा आफूलाई जानकारी नभएको बताए । तर, केहीबेर पछि उनैले सम्पर्क गरेर २ जना व्यक्ति ल्याउँदै गरेको जानकारी दिए ।