‘डलर अपचलन’मा राष्ट्र बैंकको कारबाहीमा परेका रमेश श्रेष्ठ नै प्रभु बैंकको ‘हर्ताकर्ता’ !

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रभु बैंकका तत्कालिन अध्यक्ष देवि भट्टचन चार सय भन्दा बढी सहकारीको २ सय ४० करोड रुपैयाँ ठगी मुद्दामा फरार छन् । भट्टचनसँगै अनुसन्धानमा तानिएपछि तत्कालिन सीईओ अशोक शेरचन लगायतका उच्च अधिकारीलाई पनि सीआईबीले पक्राउ गरि हिरासतमा राखेको थियो । सरकारी वकिल कार्यालय र अदालतको सेटिङमा रिहा भएपनि शेरचन लगायतका उच्च अधिकारीहरुमाथि सीआईबीको छानबीन जारी छ । स्रोतका अनुसार सीआईबीले प्रभु बैंकको ऋण अपचलनमा २० भन्दाबढि व्यक्तिमाथि थप अनुसन्धान गर्दैछ । अर्बौं ऋण अपचलनमा मुद्दा अभियोजनको नजिक पुगेको प्रभु बैंकमा पछिल्लो समय राष्ट्र बैंकबाट कारबाही भोगेका व्यक्तिहरुको रजाइँ रहेको पाइएको छ ।

तत्कालिन सेञ्चुरी बैंकको मुख्य प्रबन्धक रमेश कुमार श्रेष्ठलाई नै हाल प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले चिफ बिजनेश अफिसर (सीबिओ) नियुक्त गरेका छन् । यो पदमा यसअघि रश्मी पन्तको रजाइँ थियो । तत्कालिन सीईओ शेरचनले पन्तलाई नै जिम्मा लगाएर बैंकको सम्पूर्ण हर्ताकर्ता बनाउँदा प्रभु बैंक रसातलमा पुगेको थियो । त्यसरी नै अहिले श्रेष्ठले ठूला ऋणीसँग सेटिङ र बार्गेनिङ गर्न थालेका छन् । तत्कालिन सेञ्चुरी बैंकका मख्य प्रबन्धक रहेका श्रेष्ठको हेलचेक्र्याइँ र बदनियतका कारण अमेरिकी डलर ५ लाख ८२ हजार २ सय ६७ रुपैयाँ अपचलन गरेको भन्दै श्रेष्ठ र पूर्व नायब प्रमुख कार्यकारी अधिकृत जीवन कुमार भट्टराईमाथि राष्ट्र बैंकले कराबाही गरेको थियो ।

तत्कालिन सेञ्चुरी कमर्सियल बैंक र मौरिससमा दर्ता कायम रहेको एमएण्डएम रेमिटबीचको भुक्तानी विवादमा रकम अपचलन भएको थाहा भएपछि नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको विशेष निरीक्षण इकाइले २०७७ फागुन ६ गते काटेको पत्रअनुसार पनि भट्टराई र श्रेष्ठको बदनियत देखिएको भन्दै रकम असुल गर्न भनेको थियो । राष्ट्र बैंकको सुपरिवेक्षण विभागका तत्कालिन कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीले सेञ्चुरीलाई लेखेको रकम असुलीसम्बन्धी पत्रमा भनिएको छ, ‘त्यस बैंकको तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र हाल कार्यरत वरिष्ठ व्यवस्थापक रमेश कुमार श्रेष्ठको हेलचेक्र्याइँ तथा बदनियतको कारण अमेरिकी डलर पाँच लाख ८२ हजार दुई सय ६७ रुपैयाँ ९८ पैसाबराबरको रकम त्यस बैंकलाई नोक्सानी हुनपुगेको तथा अग्रिम भुक्तानी (प्रिफन्डिङ) त्यस बैंकमा नगरी नगरी उक्त रकम बेनिफिसरिजलाई तिरेको, बुझाएको कारण निजहरुको काम कारबाहीबाट त्यस बैंकलाई प्रत्यक्ष हानि नोक्सानी पुग्नुको साथै विद्यमान कानुनी, नीतिगत व्यवस्था समेतको उल्लंघन गरेकाले बैंकतथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा (४) बमोजिम उक्त रकमबराबरले हुने नेपाली रुपैयाँ र सोमा त्यस बैंक आधार दर (बेस रेट) को हिसाबले ब्याज समेत गणना गरी निजहरुबाट सोही उपदफाबमोजिमसम्पूर्ण बक्यौता रकम असुल गर्ने निर्णयअनुसार अनुरोध गरिएको छ ।’

उक्त समय सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा तुलसीराम गौतम रहेका थिए भने मानव संसाधन विभागको प्रमुखको रुपमा प्रचिता श्रेष्ठ रहेकी थिइन् । उनीहरुने नेपाल राष्ट्र बैंक र सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समिति समेतलाई बोधार्थ उल्लेख गरी काटिएको पत्रमा भनिएको छ— उपर्युक्त विषयमा नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग, विशेष निरीक्षण इकाइबाट यस बैंकलाई मिति २०७७ फागुन ६ गते लेखिएको न. बै. सु. वि.को पत्रबाट यस बैंकको रेमिट्यान्ससम्बन्धी एमएण्डएम रेमिटबाट उठाउन बाँकी अमेरिकी डलर ५,८२,२६७.९८ तपाईंहरुबाट ब्याजसहित असुलउपर गर्न यस बैंकलाई निर्देशन भएबमोजिम तथा सो सम्बन्धमा बैंकको सञ्चालक समितिसमक्ष जानकारी गराई तपाईंहरुलाई यो पत्र लेखिएको छ । नेपाल राष्ट्र बैंकको उक्त पत्रको व्यहोरा यस्तो छ ः त्यस बैंकको तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र हाल कार्यरत वरिष्ठ व्यवस्थापक गरेको पत्रमा भनिएको छ । राष्ट्र बैंकबाट भट्टराई र श्रेष्ठबाट रकम असुलउपर गर्नको लागि जारी भएको पत्रपश्चात् सेञ्चुरी कमर्सियल बैंकको मानव संसाधन विभाग र प्रमुख कार्यकारी अधिकृतले २०७७ फागुन १७ गते भट्टराई र रमेश कुमार श्रेष्ठको हेलचेक्र्याइँ तथा बदनियतको कारण अमेरिकी डलर ५,८२,२६७.९८ बराबरको रकम त्यस बैंकलाई हानि नोक्सानी हुनपुगेको तथा अग्रिम भुक्तानी (प्रिफन्डिङ) त्यस बैंकमा नगरी उक्त रकम बेनिफिसरिजलाई तिरेको, बुझाएको कारण निजहरुको काम कारबाहीबाट त्यस बै ंकलाई प्रत्यक्ष हानि नोक्सानी पुग्नुको साथै विद्यमान कानुनी, नीतिगत व्यवस्था समेतको उल्लंघन गरेकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा (४) बमोजिम उक्त रकमबराबर हुुने नेपाली रुपैयाँ र सोमा त्यस बैंकको आाधार दर (बेस रेट)को हिसाबले ब्याज समेत गणना गरी निजहरुबाट सोही उपदफाबमोजिम सम्पूर्ण बक्यौता रकम असुल गर्ने निर्णयअनुसार अनुरोध छ ।’

यसरी डलर अपचलनमा मुछिएका श्रेष्ठले नै अहिले प्रभु बैंकको शक्तिशाली विभाग सम्हालीरहेका छन् ।