काठमाडौैं । विहिबार मध्यराती काठमाडौं उपत्यका सहित देशभर असिना पानी परेको छ । मौसम बदली भई विहिबार राती एक बजे आसपास काठमाडौं सहित देशका विभिन्न स्थानमा असिना पानी परेको हो ।
जल तथा मौसम विज्ञान विभागल प्रदेश एक, बागमती प्रदेश र कणौली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बादली हुने अनुमान गरेको थियो ।
प्रदेश एक् र बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थामा हल्का वर्षाको अनुमान गरेको थियो । भने उच्च हिमाली भूभागमा हिमपातको संभावना रहेको आंकलन गरेको थियो ।