नेपाल लाइफले बीमा ऐन उलंघन गरेको पुष्टि : बीमा समितिले गर्‍याे कारबाही !

diyopost.com
दियो पोस्ट  शनिबार, माघ १५, २०७८ | १९:५६:१०

काठमाडौं । आफूलाई नेपालकै नम्बर एक विमा कम्पनि दाबी गर्र्दै आएको नेपाल लाईफ ईन्स्योरेन्स कम्पनिले गैरकानुनी गतिविधि गरेको पुष्टि भएको छ ।

नियामक निकाय विमा समितिले नेपाल लाईफे गैरकानुनी गतिविधि गरेको भन्दै कारबाही गरेको छ । नेपाल लाईफले बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५को दफा ३१ को उपदफा १ र २ मा तोकिएको अनुभव नभएका श्री अमित कुमार कयहाललाई सहायक महाप्रबन्धकमा नियुक्ती गरेको भन्दै समितिले कारबाही स्वरुप १० हजार जरिवाना तिराएको छ ।

कयाललाई गैरकानुनी रुपमा नियुक्ती दिएको भन्दै समाचार सार्वजनिक भएको थियो । बीमा समितिमा समेत आएको उजुरीको आधारमा उनको नियुक्ती गैरकानुनी भएको पुष्टि भएको हो । ‘आवश्यक विवरण, झिकाई अध्ययन गर्दा सो कम्पनिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका श्री अमित कुमार कयाललाई सहायक महाप्रबन्धक पदमा नियुक्तm गरि समितिबाट जारी निर्देशिकाको जानाजान उलंघन गरेको देखिएको छ,’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै संचालक समिति समस्य कमलेश कुमार अग्रवालले विभिन्न समितिमा बसेर गैरकानुनी रुपमा लिएको करोडौँ भत्ताकाण्डले समेत नेपाल लाईफलाई कारबाहीको रसातलमा पुर्याएको छ ।

बीमा समितिले सो अभियोगमा समेत नेपाल लाईफलाई १० हजार जरिवाना गरेको छ । बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को उपदफा ९ विपरित अग्रवालले अवैध रुपमा करोडौँ भत्ता हत्याएका थिए ।

उक्त निर्देशिका अनुसार ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमिमतिमा संयोजक हुन पाउने छैैन । तर, अग्रवाल ८ वटा समिति र उपसमितिमा बसेर झण्डै करोड बराबार भत्ता पड्काएका थिए ।

त्यस्तै अर्का संचालक विमल ढकाल पनि ३ वटा समिति तथा उपसमितिमा बसेर लाखौँ भत्ता झ्वाम पारेका थिए । बीमा ऐन नैै उलंघन गरेको भन्दै समितिले थप १० हजार जरिवाना गरेकोे समितिका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौड्यालले जानकारी दिए ।

 

सम्बन्धित खबर