काठमाडौं । अंग्रेजी मिति अनुसार आज सन् २०२२ जनवरी २१ तारिखका दिन । भोलीदेखि फेब्रुअरी शुरु हुँदैछ । तर, काठमाडौं उपत्यकामा भेटिएको एक बेकरी आइटममा आजभन्दा एक महिना पछिको म्यानुफ्याक्चर्ड मिति राखेको पाइएको छ ।
यसरी नक्कली स्टिकर टाँसेर खुलमखुल्ला बेकरी आइटम विक्री भइरहे पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । आइतबार बानेश्वरस्थित एक चियापसलमा भेटिएको उक्त बेकरी आइटमको म्यानुफ्याक्चर्ड डेट (एमएफडी) २९ फेब्रअरी २०२२ लेखिएको छ ।
तर प्रयोग अवधि भने ३ फेब्रुअरी २०२२ सम्म छ । जबकी मंगलबारदेखि मात्रै सन् २०२२ फेब्रअरी शुरु हुदैछ । बेलन्जरी जेड बेकरी नामक कम्पनिले उत्पादन गरेको यस्तो आइटममा नक्कली स्टिकर राखेर विक्री गर्ने गरेको भेटिएको हो ।
उक्त कम्पनिले आफ्नो ठेगाना टोखा ४ धापासी रहेको उल्लेख गरेको छ ।
तर, टोखामा यस्तो नाम गरेको उद्योग नरहेको टोखा नगरपालिकाका एक अधिकारीले बताए । यता कम्पनिका सञ्चालक बताउने बसुन्धारा परियारले उत्पादक कम्पनिको कार्यालय धापासीबाट थापा गाउँमा सरेको बताए ।
उनले ठेगाना परिवर्तन बाँकी रहेको बताए । नक्कली स्टिकरको विषयमा प्रश्न गर्दा उनले २९ जनवरी हुनुपर्नेमा २९ फेब्रअरी भएको दाबी गरे । ‘त्यो दिन मिस्टेक भएको हो । अरुमा त्यस्तो छैन,’ उनले भने ।
@diyopost ‘नक्कली स्टिकर’ प्रयोग भएका बेकरी आइटमको बिगबिगी (भिडियो)