प्रधानमन्त्री ओलीसँग दुई भारतीय मन्त्रीको भेट

diyopost.com
दियो पोस्ट  सोमबार, फाल्गुण १०, २०७२ | ७:४०:१५

नयाँ दिल्ली, १० फागुन । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार राष्ट्रपति भवनमा भारतीय ऊर्जा राज्यमन्त्री पियुष गोयल र आयुष राज्यमन्त्री श्रीपद् येस्सो नायकले अगल–अलग भेटवार्ता गरेका छन् ।

उनीहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले भारत सरकारले दिएको सम्मान र सत्कारका लागि धन्यवाद दिँदै नेपालको ऊर्जा विकासमा सहकार्यका सम्भावना खोज्न आग्रह गरेका थिए ।

ती भेटमा नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमला थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय तथा नेपालका लागि भारतीय राजदूत रञ्जित राय, भारतीय ऊर्जा सचिवलगायत सहभागी थिए । रासस

सम्बन्धित खबर